नेपाली सेनाले दक्षिण सुडानमा खानेपानी आपूर्ति गर्न सहयोग
२१ जेष्ठ २०७८, शुक्रबार १६:१०
काठमाडौँ, २१ जेठ शुत्रबार
नेपाली सेनाले दक्षिण सुडानमा खानेपानी आपूर्ति गर्न सहयोग गरेको छ ।
संयुक्त राष्ट्र संघअन्तर्गत दक्षिण सुडानमा रहेको अनमिस मिसनमा खटिएको नेपाली सेनाको टोलीले स्थानीयलाई स्वच्छ खानेपानी आपूर्तिका लागि सहयोग गरेको हो ।
हालै पुरुष तथा महिला नेपाली टोली दक्षिण सुडानको सेन्ट्रल इक्वेटोरियाको दुर्गम क्षेत्रमा पर्ने लोलोगो गस्तीमा गएको थियो । गस्तीका क्रममा त्यहाँका स्थानीय समुदायले अनुरोध गरेपछि नेपाली सेनाको टोलीले बिग्रिएको पम्प मर्मत गरेर पानी आपूर्तिलाई सहज बनाएका हुन् ।
नेपाली सेनाको सहयोग कारण लामो समयदेखि पानीको समस्या भोगिरहेका स्थानीयको समस्या हटेको अनमिसले सामाजिक सञ्जालमार्फत जानकारी गराएको छ । शान्ति स्थापनार्थ दक्षिण सुडानमा संयुक्त राष्ट्र संघले अनमिस मिसन सञ्चालन गरिरहेको छ । यस मिसनमा नेपाली सेनाले पनि साथ दिदै आएको छ ।


