नेपाली कांग्रेस गोरखाका सचिव नन्द प्रसाद न्यौपानेको पहलमा स्वास्थ्य सामाग्री बितरण
२९ जेष्ठ २०७८, शनिबार १५:५७
२९ जेष्ठ २०७८, शनिबार
नेपाली कांग्रेस गोरखाका सचिव नन्द प्रसाद न्यौपानेको पहलमा स्वास्थ्य सामाग्री बितरण गरिएको छ । नेपाली कांग्रेस जिल्ला सदस्य टिकाराम गुरुङ, संचारकर्मी बिमल भट्ट गॉंउ गॉंउ पुगेर स्वास्थ्य सामाग्री बितरण गर्नु भएको हो ।
गोरखाको गण्डकी गाउँपालिकाको ध्याल्चोक, फुजेल, अजिरकोट गाउँपालिका, सिरानचोक गाउँपालिका, हर्मी, पालुङ्गटार नगरपालिका, धार्चे गाउँपालिका, सहिद लखन गाउँपालिका घैरुगं, नाम्जुग, बाकोट, लगाएतका गाँउमा स्वास्थ्य सामाग्री बितरण गरिएको थियो, त्यस्तै भिमसेन थापा गाउँपालिकामा अक्सिजन सिलिन्डर, कन्सनट्रेटर र मास्क लागायत स्वास्थ्य सामाग्री बितरण गरिएको संञ्चारकर्मी बिमल भट्ट ले जानकारी दिनुभयो ।

कोरोना माहामारीका बेला जनताको उपचार, सुरक्षा र कोरोना प्रभावबाट परेको समस्याका समाधानको निम्ती गाँउमा स्वास्थ्य सामाग्री वितरण गरिएको उहाँहरुको भनाई छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्र पाण्डेले ध्याम्पेसाल स्थिति आईसोलेसनमा स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।
साथै कांग्रेस केन्द्रिय सदस्य कमला पन्तको समन्वयमा ३ वटा कन्सनट्रेटर, ११ ओटा अक्सिजन सिलिन्डर नेता राजेन्द्र बजगाइले सहयोग गनु भएको छ । कोरोना रोकथाम र नियन्त्रणमा नेपाली कांग्रेसपार्टी सधै भर तयर रहेको सचिव नन्द प्रसाद न्यौपाने ले बताउनु भयो ।


