२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

नेपालमा बुधबार थप २ हजार ९ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि

२३ असार २०७८, बुधबार १८:४१

२३ असार २०७८, काठमाण्डौ


नेपालमा बुधबार थप २ हजार ९ सय ७९ जनामा कोरोना संक्रण पुष्टि भएको छ ।
देशभर गरिएको ७ हजार ८ सय ३५ पिसिआर परिक्षणका क्रममा २ हजार ७७ र ४ हजार ६३ एन्टीजेन परिक्षणका क्रममा ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९० हजार ९७१ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २८ जनाको मृत्युभएको छ भने हालसम्म नेपालमा कोरोना संक्रमणका कारण ९ हजार २ सय ९१ जनाको मृत्यु भएको छ । त्यस्तै थप १ हजार ३३३ जना संक्रमण मुक्त हुँदा हालसम्म नेपालमा ६ लाख १४ हजार ३२७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ३३ लाख ९१ हजार ३७९ वटा पिसिआर र २ लाख १७ हजार ४२१ एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV