२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

नेपालको जित चाइनिज ताइपेई २–० ले पराजित

२१ जेष्ठ २०७८, शुक्रबार १०:२८

२१ जेठ २०७८,शुत्रबार


चाइनिज ताइपेईविरुद्ध नेपालले जित हात पारेको छ । फिफा विश्वकप २०२२ र एसिया कप २०२३ को छनोट चरणको खेलअन्तर्गत बिहीबार राति सम्पन्न खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० गोलले हराएको हो । कुवेतको जबर अल अहमद रंगशालामा सम्पन्न खेलमा नेपालले चाइनिज ताइपेईलाई हराएको हो ।
खेलको तेस्रो मिनेटमा अन्जन विष्टले पेनाल्टीमार्फत् गोल गर्दै र नेपाललाई अग्रता दिलाएका थिए। नेपालीले प्रहार गरेको फ्री किकलाई चाइनिज ताईपेईका खेलाडीले आफ्नै बक्समा हातले छोएपछि नेपाली टिमले तेस्रोे मिनेटमै पेनाल्टी पाएको थियो । त्यहि पेनाल्टीलाई सदुपयोग गर्दै नेपालले अग्रता बनाएको हो ।
खेलको बाँकी समयमा दुवै तर्फबाट गोल बन्न नसक्दा पहिलो हाफमा नेपाल १–० गोलले अघि रहेको थियो । दोस्रो हाफमा पनि चाइनिज ताइपेईलाई दबाब बनाएको नेपालले दोस्रो हाफमा पनि एक गोल थप्यो ।खेलको ७९औं मिनेटमा युवा फरवार्ड मिनस डाँगीले प्रहार गरेको बल पोस्ट नजिकैबाट बाहिरिएको थियो । तर त्यसको केही मिनेटमै फरवार्ड नवयुग श्रेष्ठले गोल गरे । त्रिभुवन आर्मी क्लबबाट व्यवसायिक फुटबल खेल्ने श्रेष्ठले खेलको ८२औं मिनेटमा गोल गर्दै अग्रतालाई दोब्बर बनाए । ८६औं मिनेटमा नवयुगको हेडर पोस्टनजिकैबाट बाहिरिएको थियो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV