नेकपा (माओवादी केन्द्र) का अध्यक्ष ’प्रचण्ड’ र प्रधानमन्त्री देउवावीच भेटवार्ता जारी
२४ श्रावण २०७८, आईतवार १३:०९
२८ असार २०७८, काठमाण्डौं
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवावीच भेटवार्ता भैरहेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भैरहेको वार्तामा मन्त्रिपरिषद् विस्तार र आज सर्वाजनिक गरिने भनिएको सरकारका न्यूनतम् साझा कार्यक्रम र कार्यविधिका विषयमा समेत छलफल भैरहेको छ । आज विहान १० बजे देखिनै देउवा र प्रचण्डवीच भेट जारी छ । आज सरकारका कार्यक्रम सार्वजनिक गरेपश्चात मन्त्रिपरिषद् विस्तारको कामलाई प्रथमिकता दिने तयारी सत्ता गठबन्धनको रहेको छ ।
Share on Social Media

