नुवाकोटमा अस्थायी कोभिड अस्पताल(होल्डिङ सेन्टर) संचालनको सम्पूर्ण तयारी पुरा
१७ जेष्ठ २०७८, सोमबार १९:४९
२०७८ जेठ १७
नुवाकोटको विदुरस्थीत कांग्रेसको पार्टी कार्यालयमा आवश्यक मापदण्डसहित पुरा गर्ने गरी अस्थायी कोभिड अस्पताल(होल्डिङ सेन्टर) संचालनको सम्पूर्ण तयारी पुरा भएको छ ।
नुवाकोट जिल्लाका कोरोना संक्रमितहरुको उपचारको सहजताका लागि तयार गरिएको अस्थायी अस्पताल सञ्चालनको तयारी पुरा भएको हो ।
अस्थायी कोभिड अस्पताल संचालनका लागि काँग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले १५ थान अक्सिजन सिलिण्डर प्रदान गर्नुभयो । त्यस्तै अन्य नुवाकोटका स्थानीयले पनि सहयोग गरेका छन् । अस्थायी कोभिड अस्पताल अक्सिजन कन्सन्ट्रेटर सहित ५ वेड र १५ वेड अक्सिजन सहित केहि दिनमा नै सञ्चालन गर्ने तयारी गरिएको कांग्रेस नेता जगदिश्वर नरिसिंह केसीले जानकारी दिनुभयो । त्यस्तै १४ वटा अक्सिजन कन्सन्ट्रेटर चीनबाट खरिद गरिएको उहाले बताउनुभयो ।


