नीजि व्यसायीहरुद्धारा सरकारले आगामी आर्थिक बर्षको बजेट सकारात्मक रहेको टिप्पणी
१५ जेष्ठ २०७८, शनिबार २०:५७
२०७८ जेष्ठ, शनिबार काठमाण्डौं
नीजि व्यसायीहरुले सरकारले आगामी आर्थिक बर्षको बजेट सकारात्मक रहेको टिप्पणी गरेका छन् । सरकारले बजेट सार्वजनिक गरेपछि सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै उनीहरुले सरकारले ल्याएको कार्यक्रम निकै राम्रो भएको भन्दै अव कार्यान्वयनको पक्ष हेर्नुपर्ने धारणा राखे । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले समग्रमा बजेट सकारात्मक रहेको बताउनुभयो । उहाले कोरोनाले प्रभावित क्षेत्रलाई उकास्नका लागि सरकारले अघि सारेका कतिपय कदम भने महत्वपूर्ण रहेको बताउनुभयो । बजेटका अन्य बिषयहरुमा भने अध्ययन गरेर महासंघले धारणा सार्वजनिक गर्ने उहाले बताउनुभयो । त्यस्तै नेपाल उद्योग परिसंघबरिष्ठ उपाध्यक्ष बिष्णु कुमार अग्रवालले सरकाले ल्याएको बजेट सकारात्मक रहेको बताउनुभयो । स्वदेशी बस्तुको प्रोत्साहनका लागि सरकाले बजेटमार्फत सम्बोधन गर्न खोजेको धारणा राख्नुभयो । त्यस्तै अन्य व्यवसायीहरुले नीजि क्षेत्रले दिएको सुझाव परेको र कार्यान्वयनमा सरकारले जोड दिनुपर्ने सुझाव दिए


