२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

निगमलाई नीजिकरण गर्न तयार गरिएको प्रवन्धपत्र कर्मचारीले जलाए

२५ असार २०७८, शुक्रबार १९:०५

असार २५, २०७८ काठमाण्डौं

नेपाल वायुसेवा निगमका कर्मचारीहरूले निगमलाई नीजिकरण गर्न तयार गरिएको प्रवन्धपत्र जलाएका छन् ।
शुक्रबार कर्मचारीहरुले निगममा विरोध प्रदर्शन गर्दै प्रस्ताविक कम्पनीको प्रवन्धपत्र जलाएका हुन् ।
निगमका तीनवटा कर्मचारी संगठनले निगमलाई निगमलाई निजीकरण गर्ने निर्णय फिर्ता नलिएसम्म आफूहरूको आन्दोलन जारी रहेको भन्दै आन्दोलनकै क्रममा प्रवन्धपत्र जलाएको बताएका छन् । उनीहरुले निगम निजिकरण बन्द गर, निगम बेच्न पाइदैन, महाप्रवन्धक राजीनामा दे लगाएका प्लेकार्ड प्रर्दशन गर्दै नारावाजी गरेका थिए ।
कर्मचार्रीहरुले निगमलाई धरासयी बनाउदै नीजिकरण गर्न लागेको भन्दै महाप्रवन्धक डिम प्रकाश पौडेलको राजीनामा समेत माग गरेका छन् ।
उनीहरुले निगमलाई निजिकरण गर्न निगमको सम्पतिको कम मूल्यांकन गरेको र निगम बेच्ने रणनीति बनाएको आरोप लगााएका छन् । कर्मचारीको निरन्तरको आन्दोलनले निगम परिसर अस्तव्यस्त देखिएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV