२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

नक्कली नोट बनाउने मेसिन सहित एक गिरोह पक्राउ

४ कार्तिक २०७६, सोमबार १४:५९

शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका लागि महानगरीय प्रहरी वृत्त बौद्धले सुरु गरेको अप्रेशन ‘क्लिन बौद्ध’ अभियान अन्तर्गत नक्कली नोट बनाउने मेसिन सहित एक गिरोह लाई पक्राउ गरेको छ ।

काठमाडौं गोकर्णेश्वर नगरपालिका–६, नयाँबस्ती विपुल चोकमा रहेको एउटा घरको ‘फ्ल्याट’ भाडामा लिएर नक्कली नोट छपाइको काम गर्दै आएको तीन जना लाई पक्राउ गरिएको हो । उनीहरुको कोठाबाट करिब ३५ हजार नक्कली नोटमात्र बरामद भएको छ । नक्कली नोट थोरै परिमाणमा बरामद भए पनि उनीहरुले छाप्नका लागि तयारी अवस्थामा राखेका कागज र
मेसिन हेर्दा ठूलो गिरोह रहेको अनुमान गर्न सकिने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले बताएका छन् ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV