२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

दसैंका लागि जोहो गर्न नसकेपछि मोरङमा ११ जनाले गरे आत्महत्या

२८ आश्विन २०७६, मंगलवार १३:२९

मोरङमा यो वर्ष बडादसैंको फूलपातीदेखि एकादशीसम्मको अवधिमा ११ जनाले आत्महत्या गरेका छन् ।जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी आत्महत्या गर्नेमा धेरैजसो चरम गरिबी भएका परिवारका मानिसले दसैंका लागि जोहो गर्न नसकेपछि ‘डिप्रेसन’का कारण आत्महत्याको बाटो रोजेको हुनसक्ने आशंका गरिएको छ । यसैगरी, सो अवधिमा थप १५ जनाले आत्महत्याको प्रयास गरेका छन् । प्रहरीका अनुसार मोरङमा पाँच दिनको सो अवधिमा सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने ९१ जना घाइते भएका छन् ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV