टोखा २ वडा सभापतिमा शेखर डंगोलको उम्मेदवारी घोषणा
४ आश्विन २०७८, सोमबार १५:५०
४ असोज काठमाडौँ ।
लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय शेखर डंगोलले नेपाली कांग्रेसको आसन्न अधिवेशनमा टोखा नगरपालिका २ वडाबाट इकाई सभापतिमा चुनाव लड्ने घोषणा गरेका छन् । विगत तीन दशक भन्दा बढी समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय डंगोलले वडाका भित्र विभिन्न सामाजिक संघसस्थामा क्रियाशील रहदै समाजसेवामा सक्रिय भूमिका खेल्दै आएका छन्।
पार्टीमा भएको विसंगतीलाई हताएर सांगठनीक रुपमा सुधार गर्नुका साथै युवा तथा लक्षित वर्गहरुको नेतृत्व विकास गर्दै पार्टीको पक्षमा जनलहर सिर्जना गर्दै, रुपान्तरण गर्नको लागि नेतृत्वमा बसरे काम गर्नुपर्ने भएको भन्दै उनले आफूले सबै क्षेत्रलाई समेटेर जान इकाई सभापतिमा उम्मेदवारी दिएको बताए ।
त्यसताका समयमा स्थानीय निकायमा जनप्रतिनि विहिनको समयमा २०६९ देखि ०७२ सालसम्म साविक टोखा चण्डेश्वरी गाविस २ वडाको वडा संयोजक भई वडाको सामाजिक विकास कार्य गरेका डंगोलले काँग्रेसका सबै साथीहरुको आफुलाई साथ र सहयोग रहेकोले इकाई सभापतिमा उम्मेदवारी दिन लागेको समेत बताए।
२०५५ सालदेखि राजनीतिमा सक्रीय रुपमा लागेका उनले २०६७ सम्म काठमाडौँ जिल्लाको तरुण दलको सदस्य भई यूवाहरुको क्षेत्रमा विशेष भूमिका निर्वाह गरी उनकै अग्रसरतामा साविक धापासीको ४,५,६ र ७ मा तरुण दलको गठन गरेका थिए ।२०४६ सालमा देशमा बहुदलीय व्यवस्था आएसँगै भगवती क्लवको अध्यक्ष पदमा रहेर २०५२ देखि ०५४ यूवा तथा खेलकुदको विकासमा विशेष योग्दान गरेका उनले त्यसताका समयमा टोखामा पहिलो पटक एस।एल।सी परीक्षामा उत्तीर्ण गरेका विद्यार्थीहरुलाई सम्मान तथा प्रशंसापत्र दिने कार्यको शुरुवात गरेका थिए । जापनीज संस्था सँगको सहकार्यमा चण्डेश्वरी प्राथमिक विद्यालयको भवन निर्माण सम्पन्न गरेका थिए ।
पार्टीको १२ र १३ औं अधिवेशनमा क्षेत्र नं ५ को क्षेत्रीय सदस्य पदमा रही पर्टीको निर्देशन अनुसार हरेक जिम्मेवारी बहन गर्दै क्षेत्रदेखि इकाईसम्म विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन् ।
टोखा नगर २ वडा इकाई समितिकाको सभापतिका लागि डंगोल हेरकाजी डंगोलसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

