टी–२० त्रिकोणात्मक सिरिज क्रिकेट , आज नेपाल–सिंगापुर भीड्दै
१५ आश्विन २०७६, बुधबार १५:०९
टी–२० त्रिकोणात्मक सिरिज क्रिकेटको लिग चरणमा नेपालले बुधबार सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा जारी त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी क्रिकेट श्रृंखलाको चौथो खेलमा आज नेपालले आयोजक टोली सिंगापुरसंग नेपाल भिड्नेछ ।
त्रिकोणात्मक सिरिजको फाइनल पुग्नका लागि नेपालले आजको खेल जित्नैपर्ने दबाव छ । यदि आजको खेलमा नेपाल पराजित भएमा जिम्बाब्वे र सिंगापुर एक आपसमा अन्तिम खेल खेल्नुअघि नै फाइनलमा प्रवेश गर्ने छन् ।यसअघि भएको दुवै खेलमा नेपाल जिम्बाब्वेसँग पराजित भएको छ । पहिलो खेलमा जिम्बाब्वेसँग ५ विकेटले पराजित भएको थियो । त्यस्तै, जिम्बाब्वेसँगकै अर्को खेलमा नेपाल ४० रनले पराजित भएको हो ।
Share on Social Media

