२०८३ बैशाख १८, शुक्रबार

   2026, May 1 Friday

झाझ खोलामा आएको बाढीका कारण गौर डुबान

१८ असार २०७८, शुक्रबार १९:३४

१८ असार २०७८, काठमाण्डौं

रौतहटको गौरमा स्थानीय झाझ खोलामा आएको बाढीका कारण गौर डुबानमा पर्न थालेको छ ।
खोलाको पानी गौर प्रवेश गर्न लागेपछी सर्वसाधारणहरु त्रसित समेत बन्न थालेका छन् । वागमती तथा लालबकैया नदीमा पानीको सतह बढदै गएपछी स्थानीय झाझ खोलामा पानी बढदै्र जाँदा खेतीयोग्य जग्गा तथा सदरमुकाम गौरमा जाने गरेकोले पानीको बहाव बढेको हो । झाझ खोलाको पानी दिउँसो ४ बजे देखी गौरमा पस्न थालेको छ । जसका कारण गौरको वडा नम्बर २ , ५, ९ लगायतको वडा अहिले डुबानमा पर्न थालेको छ । नेपाल भारत सीमा क्षेमा रहेको गौर स्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट समेत बाढीले गर्दा शसस्त्र प्रहरीले अन्यन्त्र स्थानमा सारिएका छन् । अहिले शसस्त्र प्हरीको बोर्डर आउट पोष्टमा चार फिट पानी रहेको छ । यस्तै गौर पिपरा सडक खण्डको गौर नगरपालिका ९ सिर्सिया टोलमा बाढीको पानीले सडक पार गर्दे बहिरहेको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV