२०८३ बैशाख ११, शुक्रबार

   2026, Apr 24 Friday

जापानबाट आज करिब तीन लाख डोज अष्ट्राजेनिका खोप काठमाडौं आइपुग्दै

२४ श्रावण २०७८, आईतवार ०८:२०

२४ साउन २०७८,काठमाण्डौं

जापानबाट आज करिब तीन लाख डोज अष्ट्राजेनिका खोप काठमाडौं आइपुग्ने भएको छ ।
जापान सरकारले दिएको १६ लाख डोजमध्ये पाँच लाख १३ हजार ४२० डोज खोप शनिबार नै काठमाडौं आइपुगेको छ । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा. उपेन्द्र ढुंगानाका अनुसार आज थप दुई लाख ८७ हजार जोड खोप आइपुग्न लागेको हो । बाँकी आठ लाख खोप भने अर्को साता आइपुग्ने छ । अष्ट्राजेनिका खोप आएसँगै यसअघि पहिलो मात्रा कोभिसिल्डको खोप लगाएका ज्येष्ठ नागरिकलाई दिइने भएको छ । कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकहरुलाई अष्ट्राजेनिका खोप दिइने स्वास्थ्य सेवा विभाग खोप महाशाखाका प्रमुख डा. झलक गौतमले बताउनुभयो । खोप अभियान यही साउन २५ गतेबाट सञ्चालन हुने उहाँको भनाई छ । प्रदेश १ र २ मा भने खोप अभियान केही दिनपछि मात्र सुुरु हुने छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV