२०८३ बैशाख ११, शुक्रबार

   2026, Apr 24 Friday

जसपा अध्यक्ष उपेन्द्र यादवद्धारा केन्द्रीय समितिको बैठक आव्हान

२५ श्रावण २०७८, सोमबार ०७:५४

२५ श्रावण २०७८, काठमाण्डौं

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय समितिको बैठक आव्हान गर्नुभएको छ ।
अध्यक्ष यादवले भदौ १ र २ गतेका लागि बालकुमारीस्थित पार्टी कार्यालयमा केन्द्रीय समितिको बैठक आव्हान गर्नुभएको हो । बैठकमा समसामयिक राजनीतिक अवस्था, संगठन विस्तार, कार्यविभाजन लगायतका विषयमा छलफल हुने जनाइएको छ । तत्कालिन संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी बीच एकीकरण भएपछि ८०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको थियो । केन्द्रीय कमिटी गठन भएपनि बैठक बस्न सकेको थिएन । केन्द्रीय सदस्यहरुको नामावली निर्वाचन आयोगमा पनि पठाइएको थिएन । अहिले यादवले निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता पाएपछि केन्द्रीय समितिको पहिलो बैठक आव्हान गर्नुभएको हो । साउन ११ गते निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारीकता हेड काउन्ट गर्दै उपेन्द्र यादव पक्षलाई दिएको थियो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV