२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

चीनबाट आठ लाख डोज कोरोना खोप नेपाल आइपुग्यो

२५ असार २०७८, शुक्रबार १५:०९

असार २५, २०७८ काठमाण्डौं

सरकारले चीनबाट आठ लाख डोज कोरोना खोप ल्याएको छ ।
नेपाल एयरलाइन्सको वाइडबडी जहाजमार्फत आज बिहान भेरोसेलको आठ लाख डोज खोप नेपाल ल्याइएको हो ।
नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग ४० लाख मात्रा खोप खरिदको सम्झौता गरेको थियो । सोही सम्झौता अनुसार भेरोसेल खोपको पहिलो खोप आज काठमाडौं आइपुगेको हो । स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले आज आठ लाख डोज भेरोसेल खोप ल्याइएको र बाँकी खोप थप उडानमार्फत् ल्याइने जानकारी दिनुभयो । पहिलो खेप खोप ल्याउन वाइडबडी जहाज बिहीबार साँझ बेइजिङ गएको थियो । साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप नेपाल ल्याइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो खोप ६० वर्ष मुनि उमेर समूहकालाई प्राथमिकताका आधारमा लगाउने मन्त्रालयको तयारी छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV