२०८३ बैशाख ४, शुक्रबार

   2026, Apr 17 Friday

चन्द्रागिरिका महाप्रबन्धक शाहालाई वर्ल्ड बुक अफ रेकर्डस् सम्मान

१५ कार्तिक २०७८, सोमबार १६:२३

१५ कात्तिक, काठमाडौं ।


बेलायतस्थित वल्र्ड बुक अफ रेकर्डस्ले हस्पिट्यालिटी र पर्यटन क्षेत्रमा हमत्वपूर्ण योगदान पुर्याएको भन्दै चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक बिक्रम शाहलाई सम्मानित गरेको छ ।
आइतबार आयोजित एक विशेष कार्यकमकाबीच उपराष्ट्रपति नन्दबहादुर पुनले शाहलाई उक्त सम्मानपत्र सहित सम्मानित गरिएको हो।
व्यवसायिक र सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने प्रभावशाली व्यक्तित्वहरुलाई सम्मान गर्दै जाने परम्परा अनुरुप उक्त सम्मानबाट शाहलाई सम्मानित गरिएको वल्र्ड बुक अफ रेकर्डस् नेपाल च्याप्टर प्रमुख सागर कटुवालले बताए ।
सम्मान ग्रहण पश्चात् शाहाले यो विशेष सम्मानले थप उर्जा र थप जिम्मेवारी बनाएको महशुस गरेको बताए । शाहाले आगामी दिनमा देश र राष्ट्रको समग्र विकास समृद्धिमा आफु सधै समर्पित हुने विश्वास व्यक्त गरे ।
ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल तथा रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV