२०८३ बैशाख १०, बिहिबार

   2026, Apr 23 Thursday

गोरखाका स्थानीय तहलाई व्यवसायी खत्रीले दिए ६ वटा एम्बुलेन्स

२६ जेष्ठ २०७८, बुधबार १६:३३

जेठ २६ २०७८, बुधबार

गोरखाका युवा पर्यटन व्यवसायी तथा कांग्रेस महाधिवेशन प्रतिनिधि प्रेमकुमार खत्रीले गोरखा जिल्लामा ६ वटा एम्बुलेन्ससहित एक करोडभन्दा बढीको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । आरुपोखरी घर भइ काठमाडौंमा रहँदै आएका खत्रीले बुधबार गोरखामा एक औपचारिक कार्यक्रमकाबीच पाँच स्थानीय तहलाइ ६ वटा एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । जसमा गोरखा नगरपालिकालाई दुई वटा एम्बुलेन्स हस्तान्तरण गरिएको छ भने गण्डकी गाउँपालिका, शहीद लखन थापा गाउँपालिका, भीमसेन थापा गाउँपालिका र धार्चे गाउँपालिकालाई एकरएक वटा एम्बुलेन्स दिइएको हो । खत्रीले ‘सम्भव नेपाल’ नामक संस्थामार्फत सो सहयोग गरेका हुन् ।
व्यवसायी खत्रीले एम्बुलेन्ससहित ६ थान अक्सिजन सिलिण्ड, ६ सय थान एन्टिजेन किट, १२ सय थान भिटिएम, ८ सय लिटर सेनिटाइजर, ५६ हजार सर्जिकल मास्क, १ सय पिस अक्सिमटिर, पीपीई सेट, फेससिल्डलगायतका स्वास्थ्य सामग्री प्रदान गरेका हुन् ।
आफ्नै जिल्लाका जनताप्रति सामाजिक दायित्व रहेको बताउँदै खत्रीले कोरोना महामारीबाट जनताको जीवन बचाउन व्यक्तिगत वा संस्थागत रुपमा हुन सक्ने सहयोग गरेको जानकारी दिए ।
व्यवसायी खत्रीले यस अघि पनि विभिन्न ठाउँमा सामाजिक सेवा गर्दै आएका छन् ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV