२०८३ बैशाख ११, शुक्रबार

   2026, Apr 24 Friday

गण्डकीमा जस्तै अन्य प्रदेशमा पनि मौजुदा सरकारको विकल्प खोजिने, विपक्षी दलहरुको निर्णय

७ असार २०७८, सोमबार ०८:२१

७ असार २०७८ सोमबार

विपक्षी गठबन्धनले गण्डकी प्रदेशमा जस्तै अन्य प्रदेशमा पनि गठबन्धन सरकार गठनको पहल थाल्ने निर्णय गरेको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा हिजो बसेको बैठकमा नेताहरु अन्य प्रदेशमा पनि आवश्यकता र औचित्यका आधारमा गठबन्धन गर्दै जाने निष्कर्षमा पुगेका हुन् । तत्काल प्रदेश १ र बागमती प्रदेशमा गठबन्धनको सरकार बन्न सक्ने ठहर नेताहरुले गरेका छन् । कांग्रेस सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल, एमाले नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चा नेतृ दुर्गा पौडेल सहभागी बैठकमा विपक्षी गठबन्धनलाई थप मजबुद गराउँदै लैजाने विषयमा छलफल भएको थियो । बैठकमा देउवा र दाहालले गठबन्धन नछाड्न एमाले नेता नेपाललाई आग्रह गर्नुभएको थियो । त्यसपछि नेता नेपालले आफूले गठबन्धन नछाड्ने बताएको सहभागी एक नेताले जानकारी दिनुभयो । नेताहरुका बीचमा संघमा गठबन्धनको सरकार नबनेमा प्रदेशमा सरकार निर्माणको पहल गर्ने सहमति बनेको हो । संघमा संसद पुनर्स्थापनाको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकाले केही समय पर्खिने र फैसला आफूहरुको पक्षमा नआए आवश्यकताअनुसार अघि बढ्ने निष्कर्ष निकालिएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV