गठबन्धनमा सहमति नभइ एमसीसी अघि बढ्दैन्मा: ओवादी केन्द्र
२३ भाद्र २०७८, बुधबार १७:२३
भाद्र २३, काठमाण्डौं
नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठकले गठबन्धनमा सहमति नभइ एमसीसीलाई अघि बढाउन नहुने निष्कर्ष निकालेको छ ।
सिंहदरबारमा बुधबार बसेको बैठकले एमसीसीका बारेमा बिभिन्न चर्चा परिचर्चा भइरहेको भन्दै यसलाई गठबन्धनमा सहमति नभइ अघि बढाउन नहुने निष्कर्ष निकालेको माओवादी संसदीय दलको मुख्य सचेतक देव गुरुङले जानकारी दिनुभयो ।
राष्ट्रिय सहमति गर्नुपर्ने मुद्धा भएकाले यथास्थीतिमा एमसीसी पारित हुन नसक्ने पार्टी अध्यक्ष प्रचण्डले बैठकमा बताउनुभएको उहाले बताउनुभयो । त्यस्तै बैठकले कुटनीतिक क्षेत्रको विरोध गर्न नपाउने बिषयमा सरकार संयम हुनुपर्ने र शान्तिपूर्ण रुपमा बिरोध गर्न पाउने अधिकारलाई कुण्ठित गर्न नहुने निष्कर्ष निकालेको छ । त्यस्तै दार्चुला घटनामा सरकारले गरेको पहल र प्रयास अपुग रहेको ठहर रहेको गुरुङले बताउनुभयो । त्यस्तै हुम्लामा नेपाल चीन सीमानामा विवाद नहुदा पनि सरकारले समिति गठन गरेको उहाले बताउनुभयो ।
बैठकले सदनमा रहेका बिधेयकहरुलाई यहि अधिवेशनबाट टुङ्गो लगााउनुपर्नेमा जोड दिएको गुरुङले बताउनुभयो ।
त्यस्तै राष्ट्रियताका मुद्धामा सत्तापक्ष र प्रतिपक्षी एक भएर जानुपर्नेमा पनि बैठकले जोड दिएको छ । बैठकमा माओवादी अध्यक्ष दलका नेता पुष्प कमल दाहाल प्रचण्डले सदनमा सशक्त भूमिका निर्वाह गर्न निर्देशन दिनुभएको थियो ।

