२०८३ जेष्ठ १६, शनिबार

   2026, May 30 Saturday

खेलमा राम्रो नतिजा निकाल्न नसकेको भन्दै अलमुताइरीले समर्थकसँग माफी मागे

१८ भाद्र २०७८, शुक्रबार ०९:४२

भाद्र १८, काठमाण्डौं


बिहीबार दशरथ रंगशालामा सम्पन्न नेपाल भारत मैत्रपिुर्ण फुटबल प्रतियोगितामा नेपाली खेलाडीको प्रदर्शनलाई लिएर नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली समर्थकसँग माफी मागेका छन् ।
बिहीबार भएको भारतविरुद्धको पहिलो खेलमा राम्रो नतिजा निकाल्न नसकेको भन्दै अलमुताइरीले समर्थकसँग माफी मागेका हुन् । भारतसँगको पहिलो मैत्रीपूर्ण खेलमा १–१ गोलको बराबरीमा खेलेको थियो । पहिलो हाफमा अग्रता बनाएको नेपालले दोस्रो हाफमा गोल खान पुगेको थियो । अलमुताइरीले खेलबाट नेपालीलाई खुसी बनाउन नसकेको भन्दै माफी मागेका हुन् । खेलपछि पत्रकारसँग कुराकानी गर्दै उनले अल मुताईरीले सबै समर्थक माफी मागेका थिए । आ मुताईरीले आगामी खेलमा सोचेअनुसार प्रदर्शन गर्ने प्रतिबद्धता समेत जनाएका थिए । सागको तयारी स्वरूप नेपालले मैत्रीपूर्ण खेल खेलेको हो । उनले अगाडि खेल्नका लागि यो स्तरको प्रदर्शनले नपुग्ने बताए ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV