२०८२ फाल्गुन २५, सोमवार

   2026, Mar 9 Monday

कोरोना संक्रमित नियन्त्रण, रोकथाम र उपचारका लागि सरकारलाई नेकपा एमालेले स्वास्थ्य सामाग्री हस्तान्तरण

२५ जेष्ठ २०७८, मंगलवार १८:४२

जेठ २५ २०७८,मंगलबार

नेकपा एमालेले कोरोना संक्रमित नियन्त्रण, रोकथाम र उपचारका लागि सरकारलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
मंगलबार एमाले पार्टी कार्यालय थापाथलीमा एमालेका महासचिव इश्वर पोखरेलले स्वास्थ्यमन्त्री शेर बहादुर तामाङलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो । एमालेले चिनीयाँ कम्युनिष्ट पार्टीले पठाएको ३० थान अक्सिजन कन्सन्ट्रेटर र १ लाख थान एन ९५ माक्स हस्तान्तरण गरेको हो । कार्यक्रममा एमाले महासचिव इश्वर पोखरेलले कोरोनामा राजनीति गर्नुपर्ने कारण नरहेको र कोरोना साझा समस्या भएकाले यसबाट लड्न राज्यलाई सवल बनाउने उदेश्यका साथ स्वास्थ्य सामाग्री हस्तान्रण गरिएको बताउनुभयो । उहाले देशभरका पार्टीपङ्ती राज्यसंग समन्वय गरेर कोरोना नियन्त्रणमा लागेको बताउनुभयो । त्यस्तै स्वास्थ्य मन्त्री तामाङले सरकारले प्राप्त स्वास्थ्य सामाग्रीहरुको मापदण्डअनुसार देशका बिभिन्न स्थानमा पुराइने प्रतिवद्धता जनाउनुभयो ।
उहाले देशभर मंगलबारबाट खोप लगाउने अर्को अभियान सुरु भएको र सरकारको ध्यान नागरिकको जीवनरक्षामा केन्द्रीत रहेको जानकारी दिनुभयो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV