कोरोनाको तेश्रो लहरको जोखिम न्युनीकरणका लागि तयारी अवस्थामा रहन निर्देशन
११ असार २०७८, शुक्रबार २१:४९
११ असार काठमाण्डौं
स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठले कोरोनाको सम्भावित तेश्रो लहरको जोखिम न्युनीकरणका लागि तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ ।
शुक्रबार स्वास्थ्य मन्त्रालय पुगेर जिम्मेवारी सम्हाल्दै मन्त्री श्रेष्ठले केहि देशमा कोरोनाको तेश्रो लहरको संकेत देखापरेको भन्दै नेपालमा पनि सम्भावित तेश्रो लहरको जोखिम न्युनकरणका लागि तयारी अवस्थामा रहन सरोकारवाला निकायलाई निर्देशन दिनुभएको हो । उहाले तेश्रो लहरले बालबालिकामा जोखिम देखिन सक्ने भएकाले त्यसको पूर्व तयारी गर्नुपर्ने बताउनुभयो । उहाले कोभिड संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ताको लागि पहल गर्ने बताउनुभयो ।

