कोपा अमेरिका फुटबलमा पेरुकोे पहिलो जित
७ असार २०७८, सोमबार १५:५३
७ असार २०७८, सोमबार
कोपा अमेरिका फुटबलमा पेरुले पहिलो जित निकालेको छ । आज बिहान भएको खेलबाट पेरुले पहिलो जित निकालेको हो ।
आज विहान भएको खेलमा पेरुले कोलम्बियालाई २–१ गोल अन्तरले हरायो । पेरुलाई जित दिलाउन सर्जियो पेनाले एक गोल गर्दा उसले एक गोल आत्मघाती उपहार पायो । यस्तै कोलम्बियाका मिगुएल बोर्जाले पनि पेरुलाई एक गोल फर्काए । खेलको १७ औं मिनेटमा पेनाले गोल गर्दै पेरुलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ५३ औं मिनेटमा बोर्जाले पेनाल्टीमा गोल गर्दै कोलम्बियालाई १–१ गोलको बराबरीमा फर्काए । त्यसपछि खेलको ६४ औं मिनेटमा कोलम्बियाका एरी मिनाले आत्मघाती गोल गरेपछि पेरु २–१ ले विजयी भयो । यस जितसँगै समूह ’बी’ को पेरुले २ खेलमा ३ अंक जोडेको छ । पेरु समूहको तेस्रो स्थानमा रहेको छ । कोलम्बियाले ३ खेलमा ४ अंक जोडेको छ । पहिलो हार व्यहोरेको कोलम्बिया दोस्रो स्थानमा रहेको छ । यसै समूहको अर्को खेलमा भेनेजुएला र इक्वेडरले २–२ गोलको बराबरी खेल्दै अंक बाडेका छन् । बराबरीसँगै चौंथो स्थानको भेनेजुएलाले ३ खेलमा २ अंक जोडेको छ । पुछारको इक्वेडरले २ खेलमा १ अंक जोडेको छ ।

