२०८३ बैशाख १०, बिहिबार

   2026, Apr 23 Thursday

काठमाडौंमा खोप कार्यक्रम पुन सुरु

३१ जेष्ठ २०७८, सोमबार १८:१०

जेठ ३१ २०७८, सोमबार

काठमाडौं महानगरपालिकाले केहि दिन स्थगित भएको खोप कार्यक्रम पुन सुरु गरेको छ ।
केही दिनअघि खोप अभाव भएको भन्दै स्थगित भएको कार्यक्रम दुई दिन सञ्चालन हुने महानगरपालिकाले जनाएको छ । भेरोसेल खोपको पहिलो मात्रा लगाउन छुटेका ६० र ६१ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउन सुरु गर्न जिल्ला स्वास्थ्य कार्यालय काठमाण्डौले परिपत्र गरेअनुसार पुनः खोप कार्यक्रम सञ्चालन गरिएको महानगरपालिकाको सहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागका प्रमुख हरिबहादुर कुँवरले जानकारी दिनुभयो ।
उहाँका अनुसार वीर अस्पताल, महाराजगञ्जमा रहेको शिक्षण अस्पताल, छाउनीमा रहेको वीरेन्द्र सैनिक अस्पताल र नयाँ बानेश्वरमा रहेको निजामती कर्मचारी अस्पतालमा गएर खोप लगाउन सकिने व्यवस्था गरिएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV