२०८३ बैशाख १०, बिहिबार

   2026, Apr 23 Thursday

काठमाडौंको टेकुस्थीत फोहरमैला व्यवस्थापन स्थल परिसरमा आगलागी

२० जेष्ठ २०७८, बिहीबार १५:१७

जेठ २० २०७८, बिहिबार


काठमाडौंको टेकुस्थीत फोहरमैला व्यवस्थापन स्थल परिसरमा आगलागी भएको छ ।
बिहीबार काठमाडौं महानगरपालिकाले विभिन्न स्थानबाट संकलन गरेको तारलगायत वस्तुमा आगलागी भएको हो ।
आगलागी भएपछि काठमाडौंको दमकलका साथै सेना र शसस्त्र प्रहरी पुगेको थियो भने करिव १ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । काठमाडौं नगर प्रहरीका डिएसपी पूर्णचन्द्र भट्टले नियोजित रुपले आगो लगाइएको हुनसक्ने भन्दै आगो लगाउने व्यक्तिको खोजी गरिएको बताउनुभयो । उहाले बिभिन्न स्थानबाट संकलन गरिएको तारमा एक्कासी आगो लागेको र एक घण्टाको प्रयासपछि नियन्त्रणमा आएको जानकारी दिनुभयो ।
आगलागीबाट अन्य कुनै क्षति नभएको काठमाडौं महानगरले जनाएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV