कांग्रेसमा देउवाइतर समूहले सभापतिमा एकल उम्मेदवार दिने
२६ असार २०७८, शनिबार ०८:५९
२६ असार २०७८, काठमाण्डौं
नेपाली कांग्रेसको संस्थापन इतर पक्षलाई सभापति पदमा साझा उम्मेद्वार तय गर्न समस्या देखिएको छ ।
रामचन्द्र पौडेल समूहको हिजो बसेको बैठकमा आसन्न १४ औं महाधिवेशनमा संस्थापन इतरबाट साझा उम्मेदवार उठाउने विषयमा छलफल भएपनि उम्मेद्वार चयनमा समस्या देखिएको हो ।
हिजोको बैठकमा सभापतिका आकंक्षी नेताहरुले आफैंलाई उम्मेवारको रुपमा प्रस्तुत गर्दै एक अर्कालाई सहयोगका लागि आग्रह गर्नुभयो । तर एकले अर्कालाई सभापतिको रुपमा अघि नसारेको नेता अर्जुननरसिंह केसीले जानकारी दिनुभयो । उहाँले साझा उम्मेदवार उठाउने छफलल निरन्तर रहने समेत बताउँनुभएको छ । कांग्रेसमा इतर समूहबाट सभापतिमा रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, डा. शेखर कोइराला लगायतले इच्छा देखाउनुभएको छ ।

