२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

ओली सरकार बोल्छ, गर्दैन ! विपक्षी बोल्दै बोल्दैन !

११ पुष २०७५, बुधबार १०:३०

११ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला तेस्रो धारका नेता हुन् । सिटौलाले अहिले देउवा र पौडेल भन्दा बेग्लै गुटको नेतृत्व गरिरहेका छन् । यसैसाता सम्पन्न महासमिति बैठकमा आफ्नो समूहको लाइन अनुसारको विधान पारित भएको सिटौलाको दाबी छ ।

‘विधान ल्याउन मेरो हस्तक्षेपकारी भूमिका नै भयो । अहिले जुन विधान आयो, त्यो शेरबहादुरजी र रामचन्द्रजी दुबैको लाइन हुँदै होइन,’ सिटौलाले अनलाइनखबरसँग भने, ‘चाहे हस्तक्षेपकारी भन्नुस्, चाहे सुझावकारी भन्नुस्, मेरो भूमिका रहृयो । र, विधान आएकोमा म खुसी छु ।’

प्रधानमन्त्री केपी ओलीकै गृहजिल्ला झापा घर भएका कांग्रेस नेता सिटौलालाई हामीले कांग्रेस महासमिति बैठकको समीक्षा र उनको पार्टीको भावी नीतिका बारेमा मात्रै सोधेनौं, केपी ओली नेतृत्वको सरकारको कामको मूल्यांकन समेत गर्न लगायौं । कांग्रेस नेता सिटौलाले सरकारको मूल्यांकन गर्दै भने- ‘ओलीजीले जति गर्न सक्नुहुन्थ्यो, गर्नुभएन । संख्याको दृष्टिले उहाँको सरकार अझै चार वर्ष टिकिरहने देख्छु । आगामी चार वर्ष पनि यस्तै रहृयो भने कम्युनिस्ट शब्द नै अभिशाप नहोला भन्न सकिन्न ।’

यसपालिको महाधिवेशनबाट सिटौला समूह रामचन्द्र पौडेलतिर ढल्किएको हल्ला चलेको थियो । आगामी महाधिवेशनमा तपाईले पौडेल समूहलाई सघाउने हो त ? अनलाइनखबरको यो प्रश्नमा सिटौलाले आफ्नो कित्ता स्पष्ट पार्दै भने- ‘शेरबहादुरजी र रामचन्द्रजीबारे भनिहालेँ कि विगत महाधिवेशनमा नै मैले नेता मान्न सकिनँ । आज आएर नेता मान्नुपर्ने कुनै कारण परेकै छैन ।’

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV