२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

एमाले विवाद समाधान कार्यदलको बैठक सकारात्मक दिशातर्फ अग्रसर

२४ असार २०७८, बिहीबार १४:३४

४ असार २०७८, काठमाण्डौं

नेकपा एमालेको विवाद समाधान कार्यदल सकारात्मक दिशातर्फ अघि बढेको छ । .
सिंहदरबारमा बिहीबार बसेको बैठकमा विवादीत बिषयमा समाधान खोज्न सकारात्मक छलफल भएको र साँझ नै टुङ्गीने विश्वास नेताहरुले गरेका छन् । दिउँसो आन्तरिक छलफल गरेर बैठक साँझ ७ बजे पुन बस्ने अध्यक्ष केपी शर्मा ओली पक्षका संयोजक सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो । विवाद निष्कर्षमा पु¥याउनका लागि गृहकार्य गर्ने उद्देश्यले स्थगित गरिएको नेम्वाङले जानकारी दिनुभयो । उहाले सकभर आज निष्कर्षमा पु¥याउने तयारी रहेको बताउनुभयो । एमाले पार्टी एकताबद्ध रहेको तयारीसहित घोषणा गर्न लागेको नेम्वाङको दाबी थियो । विवादलाई सहमतिको निष्कर्षमा पुयाउनका लागि संवाद जारी रहेको र दिनभर नेताहरूबीच विवादबारे छलफल गरेर साँझ ७ बैठक बस्ने उहाले जानकारी दिनुभयो ।
त्यस्तै एमालेको माधव पक्षका कार्यदल सदस्य गोकर्ण विष्टले बैठकमा छलफल सहमतिको विन्दुमा पुगेको दाबी गर्नुभयो । विष्टले आजको बैठकमा हिजोभन्दा धेरै प्रगति भएको बताउँदै लगभग सहमतिको विन्दुमा पुगेको जानकारी दिनुभयो ।
बैठकपछि दुबै पक्षका कार्यदल सदस्यहरु आन्तरिक छलफलमा जुटेका छन् । कार्यदलको बैठकअघि कार्यदल सदस्य विष्णु पौडेल र भीम रावलबीच २ घण्टा छलफल भएको थियो । एमाले विवाद चलिरहेका बेला लामो समयपछि अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार भेटवार्ता भएको थियो । कार्यदलमा भीम रावल, सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, गोकर्ण विष्ट, प्रदीप ज्ञवाली र भीम आचार्य रहनुभएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV