एक करोड ४३ लाखमा अनुबन्धित भए सन्दीप लामिछाने
४ कार्तिक २०७६, सोमबार १३:०१
इंग्ल्याण्ड तथा वेल्स क्रिकेट बोर्डले पहिलोपटक २०२० देखि सुरु गर्न लागेको ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको लागिटोली ओभल इन्भन्सिबलले आइतबार राति भएको ड्राफ्टमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई एक करोड ४३ लाखमा आफ्नो टोलीसँग अनुबन्धित गरेको छ । सन्दीपको टोलीमा विदेशी खेलाडीका रुपमा उनीसँगै सुनिल नाराइन र फाबियान एलेन रहेका छन्। टोलीमा मार्की खेलाडी साम करन रहेका छन् ।
आइतबार भएको ड्राफ्टबाट ९६ जना खेलाडीहरु छानिएका थिए। ४७४ खेलाडीहरु भने विक्रि भएनन ।आइतबार भएको ड्राफ्टमा अफगानिस्तानका रासिद खान सबैभन्दा पहिलो विक्रि हुने खेलाडी थिए। उनलाई ट्रेन्ट रोकेट्स टोलीले १ लाख २५ हजार पाउण्डमा अनुबन्ध गरेको थियो। प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ ।

