२०८३ बैशाख ४, शुक्रबार

   2026, Apr 17 Friday

उपेन्द्र यादव पक्ष आधिकारिकता दावी गर्न निर्वाचन आयोगमा जाने निर्णय

३ असार २०७८, बिहीबार १८:५०

३ असार २०७८ बिहिबार

जनता समाजवादी पार्टी(जसपा)का उपेन्द्र यादव पक्षले आधिकारिकता दावी गर्न निर्वाचन आयोगमा जाने निर्णय गरेको छ ।
बिहीबार काठमाडौंमा बसेको सो पक्षको कार्यकारिणी बैठकले आधिकारिकता दावी गर्न नागरिकतासहित बहुमत सदस्यहरु निर्वाचन आयोगमा उपस्थित हुने निर्णय गरेको हो ।
पार्टीको विवाद हल गर्नका लागि आफुहरुको दिएको निवेदनपछि आयोगले कानूनको अर्कै प्रावधान अनुसार आउन सुझाव दिएको भन्दै आधिकारिताका बारेमा टुङ्गो लगाउन निर्वाचन आयोग जाने निर्णय गरिएको जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले जानकारी दिनुभयो । उहाले आफुहरुसंग स्पष्ट बहुमत रहेको र आफुहरु नै आधिकारीक भएको जिकिर गर्नुभयो ।
आफुहरुको झण्डा र लोगो अर्को पक्षले अनाधिकृत रुपमा प्रयोग गरेको भन्दै धारा ४३ र ४४ अनुसार आयोगमा जाने उहाको भनाई छ । अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले पनि आधिकारिकता दावी गरेको छ । दुवै अध्यक्षले एक अर्कालाई कारबाही गरेका छन् । दुवैले कारबाही गरेको सूचना अद्यावधिक गर्न निवार्चन आयोगले अस्वीकार गरिसकेको छ । त्यस्तै बैठकले पार्टीको संगठनलाई सुदृढिकरण र जनपरिचालन गर्नका लागि अभियान चलाउने बिषयमा सात सदस्य कार्यदल गठन गरिएको भट्टराईले बताउनुभयो ।
त्यस्तै बाढी पहिरो डुवानबाट प्रभावित जनताका लागि राहत र उद्धारमा खटिन बैठकले पार्टीपङ्तीलाई निर्देशन दिएको छ भने राज्यले बाढी पहिरो डुवानलाई न्युनिकरण गर्नका लागि दिर्घकालिन योजना बनाउनुपर्नेमा जोड दिएको छ । त्यस्तै ढुुङ्गा गिट्टी निकासी गर्ने सरकारको निर्णयको विरुद्धमा पनि अभियान चलाउने निर्णय बैठकले गरेको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV