२०८३ बैशाख १०, बिहिबार

   2026, Apr 23 Thursday

उपत्यकामा लगाइएको निषेधाज्ञालाई शुक्रबारदेखि थप कडाइ

१४ जेष्ठ २०७८, शुक्रबार १४:४२

१४ जेष्ठ २०७८, शुत्रबार


कोरोना महामारी नियन्त्रण र रोकथाम गर्न काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञालाई शुक्रबारदेखि थप कडा बनाएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले शुक्रबारदेखि एकसाताका लागि निषेधाज्ञा थप गर्दै उपत्यकामा जारी निषेधाज्ञालाई थप कडा बनाउने निर्णय गरेका थिए । निर्णयअनुसार निषेधाज्ञामा कडाइ गरिएको हो । अत्यावश्यक कामबाहेक हिँडडुल गर्नेहरुलाई होल्डमा राखिएको छ भने अनुमति बेगर सवारी चलाउनेहरुमाथि पनि कारवाही शुरु गरिएको छ । शुक्रबारबाट लागू भएको निषेधाज्ञामा किराना पसल खोल्न नपाउने, अत्यावश्यक बाहेक हिँडडुल गर्न नपाउने, मर्निङ वाक र इभिनिङ वाकमा हिँड्न नपाइँने जस्ता प्रतिबन्धात्मक व्यवस्थाहरू गरिएका छन् । निषेधाज्ञा सम्बन्धी नियम उल्लंघन गरेमा पैदल यात्रीदेखि व्यापारीसम्मलाई आर्थिक जरिवानासम्म गराउने नीति लिइएको प्रहरीले जनाएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV