उच्च पहाडी र हिमाली भु भागमा हिमपातको सम्भावना
२१ कार्तिक २०७६, बिहीबार १०:५३
उच्च पहाडी र हिमाली भु भागमा हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको बिहीबार बिहान ६ बजे निकालेको बुलेटिनमा नेपालमा पश्चिमी वायुको साथै महा नामको चक्रवातको आंशिक प्रभाव रहेको उल्लेख छ । बिहीबार दिउँसो देशको पश्चिम र मध्य भू भाग लगायत पूर्वी पहाडी भुभागमा आंशिक देखि सामान्य बदली हुनेछ । देशका पश्चिमी, पूर्वी र मध्य पहाडि भु भागका एक दुइ स्थानमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ
Share on Social Media

