इंग्लिस प्रिमियर लिग फुटबलको जारी सिजनमा लिभरपुलले विजयी सुरुवात
३१ श्रावण २०७८, आईतवार ०९:४९
३१ साउन २०७८, काठमाण्डौं
इंग्लिस प्रिमियर लिग फुटबलको जारी सिजनमा लिभरपुलले विजयी सुरुवात गरेको छ ।
लिभरपुलले शनिबार राति सम्पन्न खेलमा नर्विच सिटीलाई ३–० गोल अन्तरले पराजित गरेको हो। लिभरपुलका लागि डिएगो जोटा, रोबर्टो फिर्मिन्हो र मोहमद सलाहले एक÷एक गोल गरे। लिभरपुलले खेलको २६औं मिनेटमा जोटाको गोलमा अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले अघि रहेको लिभरपुललाई फिर्मिन्होले गोल गर्दै अग्रता दोब्बर बनाए। उनले खेलको ६५औं मिनेटमा गोल गरेका थिए। त्यसपछि खेलको ७४ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई ३–० को जित दिलाए। नर्विचविरुद्ध गोल गरेसँगै सलाहले प्रिमियर लिगमा लगातार पाँच सिजनको पहिलो खेलमै गोल गर्ने खेलाडीको कीर्तिमानी समेत बनाए।

