२०८३ बैशाख ४, शुक्रबार

   2026, Apr 17 Friday

आफ्नै पार्टीका तीन नेता गणतन्त्रको पक्षमा नरहेका बामदेव गौतम को धारण

१५ जेष्ठ २०७८, शनिबार १३:२०

जेष्ठ १५ शनिबार काठमाण्डौं

सत्तारुढ दल नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले आफ्नै पार्टीका तीन नेता गणतन्त्रको पक्षमा नरहेको बताएका छन् ।
१४ औं गण्नतन्त्र दिवसको अवसरमा शुभकामना दिन जारी बिज्ञप्तीमा गौतमले झापा आन्दोलनमा रहेका तीन एमाले नेताहरु हिजो गणतन्त्रको विपक्षमा उभिएको बताएका हुन् । आज १४औं गणतन्त्र दिवसको अवसरमा सन्देश जारी गर्दै गौतमले, नेपाली काँग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइराला, एमालेका तत्कालिन अध्यक्ष माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गणतन्त्रका महानायकको संज्ञा दिएका छन्। नेता गौतमले नेपालमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र घोषणा गर्ने पृष्ठभूमि तयार पार्ने युगान्तकारी संघर्षका महानायक कोइराला, नेपाल र दाहाल रहेको बताएका हुन्। वि. सं. २०६५ जेठ १५ गते राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र घोषणाको अवस्थामा नेपाललाई पु¥याउने युगान्तकारी संघर्षका महानायकहरु भने नेपाली कांग्रेस पार्टीका सभापति गिरिजाप्रसाद कोइराला , नेकपा एमालेका महासचिव माधवकुमार नेपाल र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड हुनुहुन्थ्यो। उहाँहरुमध्ये गिरिजाप्रसाद कोइराला हामीबीच हुनुहुन्न । अरु दुईजना भने नेपाली राजनीतिमा सक्रिय नै हुनुहुन्छ’, गौतमले भनेका छन् ।
गौतमले, तत्कालिन अबस्थामा संघर्षको मुख्य नारा ‘राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना’ हुनुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ति भने आफू रहेको दाबी गरेका छन्। पार्टीमा उक्त प्रस्ताव राख्दा तीन जना एमाले नेताहरु भने विरुद्धमा उभिएको उनले बताएका छन्। गौतमले आफ्नो सन्देशमा ती तीन जना नेताको नाम खुलाएका छैनन्। तर उनीहरु चर्चित झापा संघर्षबाट उदाएका नेताहरु रहेको उनले बताएका छन् ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV