आज यो वर्षकै लामो दिन
७ असार २०७८, सोमबार १५:२४
७ असार २०७८, सोमबार
आज यो वर्षकै लामो दिन, नेपालमा सूर्योदय र सूर्यास्त बीचको समय अनुसार आजको दिन झण्डै १३ घण्टा ५४ मिनेटको हुनेछ ।
ज्योतिषीहरुका अनुसार आज बिहान ३ बजेर २८ मिनेटमा सूर्य कर्कट रेखामा पुगेको थियो । आजबाट सूर्यको गति दक्षिणी गोलार्धतर्फ बढ्छ । यसको अर्थ, आजबाट दिन छोटो तथा रात लामो हुँदै जानेछ । समान्यतया पुस ७ गते बर्षकै छोटो दिन र रात लामो हुन्छ । तर, नेपाल उत्तरी गोलाद्र्धमा पर्ने भएकाले पृथ्वीको दक्षिणी गोलाद्र्धमा यसको ठिक विपरित हुने गरेको खगोलविद्हरुको भनाई छ । सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो अक्षमा पृथ्वीको ढल्काईका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले सामान्यतया २१ जुनमा दिन लामो हुन्छ । बैदिक ज्योतिषको काल गणनामा आजदेखि सूर्य दक्षिण लाग्ने र दक्षिणायन सुरु हुने भए तापनि व्यवहारमा आउँदो साउन १ गतेबाट सूर्य दक्षिणतिर लाग्ने मानिएको छ ।

