२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

आइतबार थप १ हजार ९ सय २० जनामा कोरोना संक्रमण पुष्टि

६ भाद्र २०७८, आईतवार १८:५७


६ भाद्र,काठमाण्डौं


नेपालमा आइतबार थप १ हजार ९ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ९ हजार ४ सय ४३ पिसिआर परिक्षणका क्रममा १ हजार ७ सय २ र ३ हजार ७३ एन्टीजेन परिक्षणका क्रममा २१८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालका कोरोना संक्रमितको संख्या ८ लाख २७ हजार ६ सय ४२ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १० हजार ५०९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप दुई हजार दुई सय ४८ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ६ लाख ९८ हजार १७३ जना कोरोनामुक्त भएका छन् । हाल ३८ हजार ७५१ जना संक्रमित आइशोलेशन र ४२१ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३८ लाख ३० हजार ६९१ वटा पिसिआर र ४ लाख ३२ हजार ५५५ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV