अश्लिल म्यासेज पठाएको अभियोगमा एक पर्यटन व्यवसायी पक्राउ
२१ कार्तिक २०७६, बिहीबार १२:१७
फेसबुकको म्यासेन्जरमा महिलालाई अश्लिल म्यासेज पठाएको अभियोगमा एक पर्यटन व्यवसायी पक्राउ परेका छन । जग्गा कारोबारी समेत रहेका विराटनगर ३ भट्टा चोकमा बस्दै आएका खेमराज नेपाल पक्राउ परेका हून । उनी लायन्स क्लबमा पनि सक्रिय छन् । पीडित महिलाले लिखित उजुरी दिएपछि नेपाललाई पक्राउ गरेर कारबाहीको दायरामा ल्याइएको हो ।सामाजिक सञ्जालमार्फत गरेको दुरव्यवहार वा गाली गलौज एवं अश्लिल हर्कतमा विद्युतीय अपराध (साइबर क्राइम) ऐन अन्तर्गतको मुद्दा चल्छ । तर प्रहरीले पीडित महिलाले साइबर क्राइम अन्तर्गत मुद्दा चलाउन नमानेपछि अभद्र व्यावहार मुद्दामा अनुसन्धान थालिएको जनाएको छ । डीएसपी खिँउजुले प्रारम्भिक अनुसन्धानबाट नेपालले महिलालाई सामाजिक सञ्जाल फेसबुकको म्यासेञ्जरमा अश्लिल सन्देश पठाएको पुष्टि ठगरेका छन ।

