अल्बानियामा शक्तिशाली भूकम्प
१० मंसिर २०७६, मंगलवार १४:१०
अल्बानियामा भूकम्प जाँदा ६ जनाको मृत्यु भएको छ । भूकम्पले भत्काएको घरको भग्नावशेषमा पुरिएर २ पुरुष र एक महिला र तीन जना बालबालिको मृत्यु भएको बताईएको छ । स्थानीय समय अनुसार बिहान ४ बजे राजधानी तिराना भन्दा ३० किलोमिटर पर केन्द्रविन्दु बनाई ६.४ रेक्टरस्केलको शक्तिशाली भूकम्प गएको हो । अमेरिकी भूकम्प मापन केन्द्रका अनुसार भूकम्पमा १ सय ५० भन्दा बढी घाइते भएका छन् । यसैबीच अल्बानियाको गृहमन्त्रालले एक बिज्ञप्ती जारी गरी पराकम्पन आउन सक्ने भन्दै त्यहाँको सर्वसाधारणलाई सचेत तुल्याएको छ ।
Share on Social Media

