२०८३ बैशाख ११, शुक्रबार

   2026, Apr 24 Friday

अनेरास्वीयूका नेता प्रविण अधिकारी र युवा समिति गोर्खाका अध्यक्षको पहलमा स्वास्थ्य सामाग्रि हस्तान्तरण

५ असार २०७८, शनिबार १७:१२

५ असार २०७८ शनिबार, गोरखा

अनेरास्वीयूका नेता प्रविण अधिकारी र युवा समिति गोर्खाका अध्यक्षको पहलमा स्वास्थ्य सामाग्रि हस्तान्तरण गरिएको छ ।
गोरखाको हिमालपारिको चुमनुब्री गाउँपालिका र धार्चे गाउपालिका मा अनेरास्वीयूका केन्द्रिय सदस्य गोर्खालि युवा विध्यर्थि नेता प्रविण अधिकारी र जिल्ला युवा समिति गोर्खाका अध्यक्ष राजन गुरूङ को पहलमा जन स्वास्थ्य बिभाग टेकुको सहकार्यमा कोभिडका स्वास्थ्य सामग्रिहरू सम्बन्धित पालिकामा बाटो अबरूद्वको कारण पुर्याउन नसकिएको कारण उक्तm पालिकाको समन्वयमा आरूघाट गाउ पालिका स्वास्थ्य संयोजक बिजय श्रेष्ठलाई हस्तान्तरण गरिएको छ । उक्त सामाग्रि बाटो सहज भए लगतै सम्बन्धित पालिकामा पुगने जानकारी दिनुभयो । लगातारको वर्षाका कारण आरुघाट माछेखोला सडक मा अबरोध आएको हो । अक्सिजन सिलिण्डर, अक्सिजन कन्सर्नटेटर, पिपिई, माक्स, सेनिटाइजर, ग्लोब्स , थर्ममिटर, अक्सिमिटर एनटिजेन किट लगायत को स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । प्रतिकुल मौसमका बाबजुद पनि आफुहरु निरन्तर जनताको सेवामा लागिरएको अधिकारी ले बताउनु भयो।
सदरमुकामबाट ३० कोशदेखि ५२ कोशसम्म टाढा रहेका चुमनुर्विमा सडक सञ्जालको पहुँच नभएकाले स्वास्थ्य सामग्री तथा उपकरणहरु पुराउन समस्या भएको उहाँको भनाई छ । कोरोना संक्रमणबाट नागरिकहरुको स्वास्थ्य सुरक्षामा टेवा पुर्याउने र कोरोना संकटलाई तत्काल समाधान गर्न टोली सो क्षेत्रमा पुगेर स्वास्थ्य सामग्री बितरण गर्नुभएको हो

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV