२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

अनशनरत डा.गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर

२० कार्तिक २०७६, बुधबार १७:४८

सदरमुकामस्थित डडेल्धुरा अस्पतालनजिकै अनशन बसिरहेका केसीको चिसोका कारण स्वास्थ्य अवस्था कमजोर बन्दै गइरहेको हो । चिसोका कारण अनशनरत डा.केसीको स्वास्थ्य अवस्था बिग्रन थालेको र ब्लड प्रेसर घटेको डडेल्धुरा अस्पतालले जनाएको छ ।बुधबार बिहान मात्रै दुई पटक उनको स्वास्थ्य जाँच गरिएको छ । डडेल्धुरा अस्पतालमा चिकित्सक कम हुँदा उनको नियमित जाँचमा समेत समस्या भइरहेको छ ।डा.केसीले पत्रकार सम्मेलन गरी सोमबार बेलुकी ५ बजेदेखि डडेल्धुरा सदरमुकाममा अनशन सुरू गरेका थिए । बुधबार अनशनको तेस्रो दिन हो । चिसोका बाबजुद पनि सातबुँदे माग अघि सार्दै उनको अनशन जारी छ । माग पूरा नभएसम्म अनशन जारी नै राख्ने उनको अडान छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV