२०८३ बैशाख ४, शुक्रबार

   2026, Apr 17 Friday

अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त नगरेसम्म संसद चल्न नदिन एमालेको चेतावनी

६ भाद्र २०७८, आईतवार १८:५४

६ भाद्र,काठमाण्डौं


नेकपा एमाले लुम्बिनीले प्रदेशसभाका सांसदहरु अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त नगरेसम्म संसद चल्न नदिने जनाएको छ ।
एमालेले कारबाही गरेका दुई सांसद शाही र वलीलाई पदमुक्त गर्न सभामुखलाई पत्र बुझाएपनि पदमुक्त गर्न नमिल्ने बताएपछि एमालेले पदमुक्त नगरेसम्म संसद चल्न नदिने जनाएको हो ।
आइतबार बुटवलमा पत्रकार सम्मेलन गर्दै एमाले लुम्विनीले सभामुखले आफ्नो क्षेत्रअधिकारभित्र नपर्ने विषयमा चासो दिएको समेत आरोप लगाएको छ । पत्रकार सम्मेलनमा एमाले लुम्विनी प्रदेशका प्रमुख सचेतक भूमिश्वर ढकालले शाही र वलीलाई प्रदेश सभा सदस्यबाट निष्काशन नगर्दासम्म संसद अवरुद्ध गर्ने आन्दोलन जारी रहेको बताउनुभयो । उहाले सभामुखको भूमिका पदीय आचरणभन्दा बाहिर गएर न्यायाधीशजसरी भूमिका निर्वाह गरेको आरोप लगाउनुभयो । शाही र घर्तीलाई पार्टीबाट निष्काशन गरेको जानकारी तथा सो कार्यान्वयनका लागि अनुरोध गरेर पत्र पठाइए पनि सभामुखले स्वेच्छाचारी निर्णय गरेको उहाको आरोप छ ।
अव नैतिकताका आधारमा निज सभामुख पूर्णबहादुर घर्ती पदमा बसिरहन मिल्ने नदेखिएको एमालले जनाएको छ । यसअघि लुम्विनी प्रदेशसभा सचिवालयले एमालेले प्रदेश सभा नियमावली २०७४ को नियम १८८ अनुसार दलगत विवरण बुझाउँदा उनीहरुको नाम समावेश गरेपनि व्यक्तिगत विवरणमा एमालेको नाम उल्लेख नभएकाले पदमुक्त गर्न नमिलेको भनी एमालेलाई पत्र पठाएको थियो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV