२०८३ बैशाख ४, शुक्रबार

   2026, Apr 17 Friday

अखिल क्रान्तिकारी गोरखा जिल्लाको अध्यक्षमा विष्णु पाण्डे निर्वाचित

२ आश्विन २०७८, शनिबार ११:५२

गोरखा २, असोज ।


नेकपा माओवादी केन्द्र निकट विधार्थी संगठन अखिल ९क्रान्तिकारी गोरखा जिल्लाको अध्यक्षमा विष्णु पाण्डे निर्वाचित हुनु भएको छ । आज भएको संगठनको २० औ जिल्ला सम्मेलनबाट उहाँ निर्वाचित हुनु भएको हो । संगठनको रमा श्रेष्ठ , मिलन सुनार , सन्दिप सुनार निर्वाचित भएको अखिल क्रान्तिकारी ० का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज आर।के भट्टले जानकारी दिनु भयो । उहाँका अनुसार सचिवमा सुलभ अँगाई , कोषाध्यक्षमा सुस्मिता दवाडी र सहसचिवमा अनिष अर्याल र सुवर्ण देवकोटा निर्वाचित हुनु भएको बताउनु भयो । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका संयोजक हरिराज अधिकारीको प्रमुख आतिथ्यतामा भएको सम्मेलन कार्यक्रम बाट ७५ जनाको कमिटी गठन गरिएको ईन्चार्ज भट्टले बताउनु भयो । कार्यक्रममा विषेश अतिथि संगठनका केन्द्रीय सचिव तथा प्रदेश नं ४ का संयोजक क्षितिज सापकोटा , नेकपा ९माओवादी केन्द्र ० जिल्ला ईन्चार्ज कृष्ण धिताल , गोरखा जिल्ला अध्यक्ष लेख वहादुर थापा, अखिल क्रान्तिकारी० का केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सह(संयोजक राजन आले मगर लगायत पार्टी र विधार्थी केन्द्रीय तथा जिल्ला तहका नेता कार्यकर्ताको सहभागीता रहेको ईन्चार्ज भट्टले बताउनु भयो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV