२०८१ मंसिर २०, बिहिबार

   2024, Dec 5 Thursday

शेरवहादुर देउवाद्धारा सर्वोच्च अदालतले संविधान र संसदीय व्यवस्था बचाउने विश्वास व्यक्त

१३ जेष्ठ २०७८, बिहीबार १३:५३


काठमाण्डौं जेष्ठ १३ बिहिबार
नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले सम्मानित सर्वोच्च अदालतले संविधान र संसदीय व्यवस्था बचाउने विश्वास व्यक्त गर्नुभएको छ । बिहीबार नेपाल प्रेस युनियनको ३१ औं वर्ष प्रवेशको अवसरमा युनियनले गरेको अर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले मध्यरातमा संसद विघटन गर्नु असंवैधानिक भएको भन्दै च्च अदालतले संविधान र संसदीय व्यवस्था बचाउने विश्वास व्यक्त गर्नुभएको हो । सभापति देउवाले कांग्रेसले निर्दलीय चरित्र देखायो भन्नेहरुलाई जवाफ दिँदै संविधान पढ्न आग्रह गर्नुभयो । सभापति देउवाले संसद विघटनविरुद्ध सडक आन्दोलनमा उत्रनुपर्ने मत भएपनि आफूले रोकेको बताउनुभयो । कोभिड महामारीमा जनता जीवन ठूलो भएकाले आन्दोलन नगरिएको बताउनुभयो । फरक प्रसंगमा देउवाले पार्टीको महाधिवेशन तोकिएको समयमा सम्पन्न गर्न आफू तयार भएको बताउनुभयो । त्यस्तै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले देशमा एकसाथ तीन वटा लडाइं लडिरहेको बताउनुभयो । देशलाई विकल्प चाहिएको भन्दै नेता पौडेलले चुनावमा जाने परिस्थिति कतै नदेखिएको धारणा राख्नुभयो । कार्यक्रममा प्रवक्ता विश्वप्रकाश शर्माले जनताले कांग्रेसलाई विपक्षमा बस्न जनादेश दिएको भए पनि कम्युनिष्टहरुले सत्ता चलाउन नसकेपछि मात्र सरकारको दावी गर्नुपरेको बताउनुभयो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV