२०७८ साउन २१, बिहिबार

   2021, Aug 5 Thursday

डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम एकाउन्टमाथि प्रतिबन्ध

प्रकाशित मिति: २२ जेष्ठ २०७८, शनिबार १५:४३

२२ जेठ २०७८, शनिबार
फेसबुक इन्कले अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम एकाउन्टमाथि प्रतिबन्ध लगाएको छ ।
गत जनवरीमा अनिश्चितकालका लागि बन्द भएको ट्रम्पको फेसबुक र इन्स्टाग्राम एकाउन्ट थप डेढ वर्ष नखुल्ने भएको हो। फेसबुकमा जथाभावी लेखेकाले एकाउन्ट बन्द गरिएको कम्पनीले जनाएको छ । कुनै पनि नेताको फेसबुक पोस्टलाई सुरक्षा कवच नमिल्ने समेत कम्पनीको भनाई छ । ट्रम्पले अब सात जनवरी २०२३ मा मात्र आफ्नो फेसबुक खोल्न पाउनेछन्।जनवरीमा अमेरिकाको राजधानी वासिङ्टन डीसीमा दंगा भएपछि ट्रम्पको एकाउन्ट बन्द भएको थियो । दंगा भड्काउनमा ट्रम्पकै मुख्य हात रहेको आरोप लागेको थियो । यसै विषयलाई लिएर फेसबुकले ट्रम्पमाथि प्रतिबन्ध लगाएको हो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV