२०८२ जेष्ठ ७, मङ्लबार

   2025, May 20 Tuesday

आज देशभर राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै

१५ असार २०७८, मंगलवार १५:४६

१५ असार २०७८

आज देशभर राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै छ । ‘धान उत्पादनमा वृद्धि ः खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ नाराका साथ यस वर्ष अठारौं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउन लागिएको हो । .
वि.सं. २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । त्यस पश्चात हरेक वर्ष असार १५ मा नेपालमा यो दिवस मनाइदै आइएको छ । कोरोना महामारीका कारण यो वर्ष भने धान दिवसका कुनै ठुला औपचारक कार्यक्रम हुने छैनन् । यसैविच, राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, मूल समारोह समितिले आज खुमलटारस्थित कृषि अनुसन्धान परिषद्को जग्गामा धान रोपाइँ गरी औपचारिक रूपमा धान दिवस मनाउने तयारी गरेको छ । देशभर विभिन्न जिल्लामा समेत औपचारिक रूपमा सामान्य कार्यक्रम गरी धान रोपेर धान दिवस तथा रोपाइँ महोत्सव मनाउन लागिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ । कोरोनाको महामारीलाई ध्यानमा राख्दै भिडभाड नगरी सुरक्षाका मापदण्ड पालना गरी धान दिवस मनाउन मन्त्रालयले आग्रह गरेको छ । नेपालमा कृषियोग्य जमीनको ४७ प्रतिशतमा धानखेती गरिन्छ । अन्नबालीको कुल उत्पादनमा ५३ प्रतिशत हिस्सा धानको रहेको छ । चालू आव २०७७÷७८ मा १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलबाट ५७ लाख २१ हजार मेट्रिकटन धान उत्पादन भएको सरकारी तथ्न्यांक छ ।अघिल्लो वर्षको तुलनामा यस वर्ष धान उत्पादनको क्षेत्रफल एक प्रतिशत र उत्पादनमा १ दशमलव ३ प्रतिशत प्रतिशतले वृद्धि भएको जनाइएको छ । यसैबीच असार १५ लाई दही चिउरा खाने पर्वको रुपमा पनि लिइन्छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेकाहरुले पनि दही चिउरा खाएर असार १५ मनाउँछन् । दही चिउराले शरीर शीतल भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । यता राष्ट्रिय धान दिवसको अवसरमा कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषदको निर्णय अनुसार असार १५ गते धान दिवसको अवसरमा बिदा दिइएको हो । कर्णालीका १० जिल्लामध्ये जुम्ला बाहेक नौ जिल्लाका सबै सरकारी कार्यालय तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थाहरूमा बिदा दिइएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV