२०७७ मंसिर १३, शनिबार

   2020, Nov 28 Saturday

घरेलु कोर्टमा खेल्दा उत्साह र दबाव दुवै रहेको अरुणा शाहीले बताइन्

प्रकाशित मिति: ११ मंसिर २०७६, बुधबार १०:४२


सागअन्तर्गत हुने भलिबल प्रतियोगिता मंसिर ११ गतेदेखि सुरु हुँदैछ । बुधबारदेखि त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुने पुरूष तथा महिला भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजक समितिले जनाएको छ । भारतबाहेकका प्रतियोगी देशका टिमहरू नेपाल आइसकेका छन् । नेपालले आफ्नो समूहको पहिलो खेलमा बुधबार बंगलादेशसँग खेल्दैछ । दुई साताअघि बंगलादेशमा भएको एभीसी सिनियर सेन्ट्रल जोन वुमन्स भलिबल च्याम्पियनसिपमा गोल्ड मेडल जितेको नेपाली महिला भलिबल टिमले त्यसको खुसी मनाउन नपाउँदै घरेलु कोर्टमा १३ औं साग खेल्न लागेको हो । त्यसैले घरेलु कोर्टमा खेल्दा उत्साह र दबाव दुवै रहेको महिला टिमका कप्तान अरुणा शाहीले बताइन् । घरेलु मैदानमा खेल्न पाउँदा सबै जना उत्साहित छौं’, अरुणाले भनिन् सेन्ट्रल जोन जितेर आएकाले उत्साहसँगै दबाव पनि महसुस भइरहेको छ । १३ औं सागकै तयारीस्वरूप नेपालले करिब ३ साता थाइल्याण्डको बैंककस्थित फिभ भलिबल डेपलपमेन्ट सेन्ट्रमा ट्रेनिङ गर्नुका साथै मैत्रीपूर्ण खेल खेलेको थियो । अरुणाले घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै गोल्ड मेडल जित्ने लक्ष्य रहेको बताइन्

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV