२०७८ अशोज ७, बिहिबार

   2021, Sep 23 Thursday

४ महिना भित्र हरेक नेपालीको पाखुरामा खोप : उपप्रधानमन्त्री ईश्वर पोखरेल

१३ जेष्ठ २०७८, बिहीबार १४:१९

काठमाण्डौं जेष्ठ १३ बिहिबार
उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले आफ्नो सम्पूर्ण ध्यान कोभिड–१९ विरुद्धको खोप लगाउने अभियानमा केन्द्रित गर्ने बताउनुभएको छ ।उहाँले आगामि ४ महिना भित्र हरेक नेपाली जनताको पाखुरामा खोप लगाउने बताउनुभयो । सरकारको अर्जुनदृष्टि भ्याक्सिन लगाउने अभियानमा छ, पोखरेलले सञ्चारकर्मीसँग कुरा गर्दे आगामी बजेटले पनि सोहिअनुसार आवश्यक व्यवस्था गर्ने बताउनु भयो ।
सरकारले खोप अभियानलाई पहिलो प्राथमिकताका साथ अघि बढाउने बताउदै उहाँले सरकारले खोप प्राप्तिका लागि छिमेकी मुलुकहरु भारत, चीनलगायत अमेरिका, बेलायत र युरोपेली मुलुकहरुसँग बिभिन्न तहमा कुराकानी गरिरहेको जानकारी दिनुभयो
अहिलेसम्म सरकारले महामारीको अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी, सञ्चारकर्मी, शिक्षक लगायत समूहगतरुपमा कोभिड खोप लगाएको छ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV