२०७८ साउन २१, बिहिबार

   2021, Aug 5 Thursday

१९ औं कृष्ण सेन स्मृति दिवस मनाइयो

प्रकाशित मिति: १३ जेष्ठ २०७८, बिहीबार १३:४०


काठमाण्डौं जेष्ठ १३ बिहिबार
१९ औं कृष्ण सेन इच्छुक स्मृति दिवस, बिहीबार पत्रकार तथा साहित्यकार शहिद कृष्ण सेन इच्छुकको सम्झना गरिएको छ । स्मृति दिवसका अवसरमा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले सञ्चारग्राममा रहेको पत्रकार स्तम्भमा स्मृतिसभाको आयोजना गरेको छ । सो क्रममा महासंघका पदाधिकारीका साथै पत्रकारहरुले कृष्ण सेन इच्छुकको सम्झाना गर्नुका साथै कोरोनाका कारण निधन भएका पत्रकारप्रति श्रद्धाञ्जलीका साथै मौनधारण गरेका थिए । महासंघका बरिष्ठ उपाध्यक्ष रमेश बिष्टले द्धन्दमा मारिएका र कोरोनाका कारण मृत्युवरण गर्नुपरेका पत्रकारलाई श्रद्धापूर्वक स्मरण गरेको बताउनुभयो । द्धन्दका बेलाराज्य र गैर राज्यबाट हत्या भएका पत्रकारको परिवारको उचित व्यवस्थापन हुन नसकेको र हत्यामा संलग्नलाई अझैपनि कानूनी दायरामा ल्याउन नसक्नु दुखद भएको उहाले बताउनुभयो । २०५९ जेठ ६ गते गिरफ्तार गरी कृष्ण सेन इच्छुकको हिरासतमै चरम यातना दिएर हत्या गरिएको थियो । हत्याको १९ वर्ष पुगिसक्दा पनि घटनाको सत्यतथ्य छानबिन हुन सकिरहेको छैन

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV