२०७७ कार्तिक १०, सोमवार

   2020, Oct 26 Monday

१९११ मा बनेको ऐतिहासकि दुगुना गढी पुनःनिर्माण

प्रकाशित मिति: २७ आश्विन २०७७, मंगलवार १७:३२

सिन्धुपाल्चोक
रामचन्द्र बस्नेत
ऐतिहासिक रुपमा नेपाल एकीकरणमा ठुलो योगदान पुर्याएको सिन्धुपाल्चोककै गौरवको रुपमा रहेको भोटेकोशि गा पा–३ को प्रसिध्द दुगुना गढि आन्तरिक तथा बाह्य पर्यटकहरुको मुख्य रोजाइमा पर्ने गर्दछ । तर, २०७२ को महा भुकम्प पछि क्षति ग्रस्त अवस्थामा रहेको गढि अहिले पुन ः मर्मत गरिएको हो । अघिल्लो आ व मा पनि स्थानिय स्तरबाट बजेट बिनियोजन गरी गढिको सरसफाइ र बाटोमा रेलिङ्ग बार हालिएको दुगुना गढि पुन निर्माण तथा संरक्षण समितिका अध्यक्ष पासाङ्गबुटि शेर्पा ज्यूले जानकारी दिनुभयो । शेर्पाको अनुसार – “सो स्थानलाइ पर्यटकिय हिसावमा परिबर्तन गर्न सके, सिङ्गो पालिकाको नै समृध्दि हुने भएकाले सुलभ मुल्यका होमस्टेहरु पनि संचालनमा ल्याउन लागेको जानकारी दिनुभयो ।”

बि सं १९११ मा तिब्बत सेना संग लड्नको लागि बनाइएको सो गढि भुकम्पमा क्षतिग्रत भएपछि स्थानियहरुको माग अनुरुप बाग्मति प्रदेश सरकारको ३० लाख बजेटमा पहिलो चरणको पुन ः निर्माण गरिएको हो । काठमान्डौ बाट अरनिको राजमार्ग हुदै चिनको सिमाना नजिक रहेको सुख्खा बन्दग्र्राह बाट ८ कि मि को पैदल यात्रा बाट पुगिने सो गढि जंग बहादुर राणाको पालामा नेपाललाइ तिब्बती सेना बाट देशलाइ बचाउनको लागि बनाइएको थियो । बिभिन्न चरणमा बनेको दुइ बटा गढिहरु सो स्थानमा क्रमश बनेको देख्न सकिन्छ । गढिको प्रबेश द्वार वा तल्लो भु–भागमा सानो गढि र माथिल्लो स्थानमा ठुलो आकारको मुख्य गढि बनाएर युध्द अबस्थामा सानो सेना बलको कसरी भरपुर सदुपयोग गर्ने भनेर पुर्व अध्ययनको साथ उच्च सुरक्षित स्थानको छनोट गरी बनाइएको कारण तिब्बत सँगको युध्द नेपालले पटक—पटक जितेको देख्न सकिन्छ ।

स्थानिय किवदन्ती अनुसार – “सो गढिबाट चलाइएको तोपले खासा भनिने स्थानमा रहेको तिब्बति सेनाहरुको दललाइ निष्कृय जस्तै बनाएर आफ्नो नयाँ इतिहास बनाएको ” भन्ने कथन छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV